एनआईसीको मोबाईल एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक भएको छ ।

यो योजना भदौ १६ देखि लागू भइसकेको छ भने कार्तिक १४ सम्म लागू हुने बैंकले जनाएको छ ।

यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबाईल बैंक प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

सेल्फ हेल्प बैंकिङ्गको अवधारणाअनुरुप एनआईसी एशिया मोबाईल बैंकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *