भाइरल बन्दै सिद्धार्थको अन्तिम पोस्ट

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । उनको बिहीबार मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको हो ।

निधनपश्चात् उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरूलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई मनदेखि नै धन्यवाद । तपाईँहरू आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरूलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुन्न । तपाईँहरू वास्तवमै महान् हुनुहुन्छ ।’

उनले अगाडि लेखेका छन्, ‘अग्रपङ्क्तिमा रहन सहज छैन । वास्तवमै तपाईँहरूको प्रयास सह्रानीय छ । यी सुपर हिरोका लागि सेतो टोपी, नर्सिङ स्टाफ र उनीहरूको अतुलनीय बलिदानका लागि एक श्रद्धाञ्जली ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *