नेपाली सेना र चार स्थानीय तहलाई वारुणयन्त्र हस्तान्तरण

जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेशका चार स्थानीय तहलाई एक/एक वटा र नेपाली सेनालाई एउटा वारुणयन्त्र हस्तान्तरण गरेको छ । मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ का चार स्थानीय तहलाई एक/एक वटा र नेपाली सेनालाई एउटा वारुण यन्त्र हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयबाट वारुण यन्त्र प्राप्त गर्ने स्थानीय तहहरूमा धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, पर्साको प्रसौनी गाउँपालिका रहेका भने महोतरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासलाई समेत एउटा वारूण यन्त्र हस्तान्तरण गरेको हो ।

वारुण यन्त्र हस्तान्तरण गर्दै मन्त्री साहले प्राकृतिक तथा दैवी प्रकोपको जोखिममा रहेको प्रदेश २ लाई जोखिम न्यूनीकरण गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री साहले जोखिम न्यूनीकरणको कार्य चुनौतीपूर्ण भएपनि उक्त चुनौतीलाई आफूले अवसरको रुपमा लिएको बताए । विभिन्न किसिमका जोखिम व्यवस्थापनका लागि छिट्टै गोष्ठी एवम् तालिमको व्यवस्था गर्ने मन्त्री साहको भनाइ छ ।

गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार जयसवाल, सम्सी गाउँपालिकाका अध्यक्ष नगिनादेवी यादव, रामगोपलपुर नगरपालिकाका नगरप्रमुख अशोककुमार मण्डल र नेपाली सेनाका प्रतिनिधीलाई वारुणयन्त्र हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *