सांसद गिरीले छाडे उपेन्द्रको साथ, लोसपाको पक्षमा सनाखत गर्दै

जनकपुरधाम । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित प्रदेश सांसद प्रहलाद गिरी ‘गोस्वामी’ले उपेन्द्र यादवको साथ छाडेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्ने भएका छन् ।

पर्सा क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित सांसद गिरी बिहीबार लोसपाको पक्षमा सनाखत गर्ने तयारीमा छन् । उनले भने, ‘अहिले जनकपुर आउँदैछु, नेताहरूसँग भेटघाटपश्चात् लोसपाको पक्षमा सनाखत गर्नेछु ।’

उपेन्द्र यादवले मधेशको मुद्दा नै छाडेकाले लोसपा रोज्न बाध्य भएको सांसद गिरीले मकालुखबरलाई बताए ।

उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादीबाट २९ सांसद निर्वाचित भएका थिए । जसमध्ये गिरी लोसपा रोज्ने पहिलो सांसद हुन् ।
प्रदेश २ मा राजपाका २५ सांसद थिए । जसमध्ये १४ जना मात्र लोसपाको पक्षमा खुलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *