लोसपाको पक्षमा १० सांसदको सनाखत, १५ पुग्ने दाबी

जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका १५ सांसदले महन्थ ठाकर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा खुलेका छन् । १५ जना सांसदमध्ये १० जनाले बुधबार नै सनाखत गरिसकेका छन् भने पाँच जनाले बिहीबार सनाखत गर्ने बताइएको छ ।

जसपाका प्रदेश सांसदहरुलाई आफ्नो पक्षमा तान्न लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरदसिंह भण्डारीलगायतका शीर्ष नेताहरू दुई दिनदेखि जनकपुरमा छन् ।

भदौ २२ सम्म सनाखत गराउने समयसीमा भएपछि केही सांसदको अझै थपिनसक्ने सम्भावना रहेको प्रदेश २ का पूर्वमन्त्रीसमेत रहेका लोसपा नेता जितेन्द्र सोनलले बताए ।

दुई पार्टी एकीकरण भई जसपा बन्दा तत्कालीन समाजवादीका ३० र राजपाका २५ गरी जसपाका जम्मा ५५ सांसद थिए ।
जसपा विभाजन भएसँगै महन्थ ठाकुर पक्षले सो दलको आधिकारिकता गुमाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुरले लोकतान्त्रिक समाजवादी दल दर्ता गरेका हुन् । दल विभाजन भएको २१ दिनसम्म सांसदहरूले दल रोज्न पाउनेछन् ।

लोसपाका पक्षमा सनाखत गरेका सांसदहरू:
१. प्रमेश्वर साह
२. सुरिता साह
३. बबिता कुमारी
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७. जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. बाबुलाल साह

लोसपाका पक्षमा सनाखत गर्ने तयारीमा रहेकाहरू:
१ . जितेन्द्र सोनल
२. उपेन्द्र महतो
३. अभिराम शर्मा
४. डिम्पल झा
५. प्रल्हाद गिरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *