आंशिक प्राध्यापकको आन्दोलनमा राष्ट्रिय आंशिक प्राध्यापक संगठनको साथ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूको आन्दोलनमा राष्ट्रिय आंशिक प्राध्यापक संगठनले ऐक्यबद्धता जनाएको छ ।

संगठनले विज्ञप्ति निकालेर भदौ ७ मा भएको राष्ट्रिय भेलाले त्रिविका आंशिक प्राध्यापकले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको जनाएको हो ।

त्रिविका आंगिक क्याम्पसहरूमा १५ वर्षदेखि प्राध्यापन गराइरहेका ज्यालादारी प्राध्यापक बौद्धिक शोषणमा परिरहेको भन्दै आंशिक प्राध्यापकहरु आन्दोलनमा छन् । उनीहरुले आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने, सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेका हुन् ।

संगठनले उनिहरुको पेशागत हकहितको सुरक्षाको लागि विभिन्न चरणमा गरिरहेका संघर्ष र आन्दोलनमा आफ्नो साथ र ऐक्यबद्धता रहेको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *