लुम्बिनी विकास बैंकलाई आईक्यानको ‘रनर अप’ अवार्ड

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रनरअप अवार्ड प्राप्त गरेको छ ।

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।

सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजारलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको बैँकले जनाएको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *