कामना सेवा विकास बैंकका ग्राहकलाई सोल्टी होटलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सोल्टी इन्टरप्राइज प्राइभेट लिमिटेडबीच मर्चेन्ट सम्झौता भएको छ ।

अब कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले सोल्टी क्राउन प्लाजा काठमाडौँ र सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जमा विशेष छुट पाउने छन् ।

बैंकका ग्राहक र कर्मचारीहरूले होटेलमा खाना र बेबरेज सामाग्रीमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकको एटीएम कार्ड वा बैंकको ग्राहक भएको पहिचान खुल्ने अन्य कागजातको आधारमा यो छुट सेवा लिन सकिने सम्झाैतामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *