प्रदेश नं. १ : १० सांसदले गरे सनाखत, प्रदेश सरकार अल्पमतमा

विराटनगर । प्रदेश नं. १ का १० सांसदले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । यसपछि उनीहरुले प्रेदश निर्वाचन कार्यालयमा सनाखतसमेत गरिसकेका छन् । दल छान्न पाउने व्यवस्थाअनुरूप उनीहरुले एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।  निर्वाचन आयोगको प्रदेश कार्यालय विराटनगर दिउँसो १२ बजे पुगेका नेताहरुले एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर गरेका हुन् ।

एकीकृत समाजवादी रोजेर सनाखत गर्नेहरुमा भोजपुरका राजेन्द्र राई, उदयपुरकी सुनिता कुमारी चौधरी, खोटाङका राजन राई, मोरङका सावित्रीकुमारी रेग्मी, पाँचथरका गणेश काम्बाङ, इलामकी खिनु लङ्वा लिम्बुलगायत छन् । दुईवटा गाडीमार्फत आयोगको कार्यालय आएका उनीहरुले उपेन्द्रकुमार घिमिरे र कृष्णकुमारी राईको परिचय पत्र हराएको कारण आउन ढिला भएको बताएका थिए ।

आयोगको कार्यालय ढिलोगरी पुगेका सांसदद्वय घिमिरे र राईले साढे १ बजेतिर मात्रै सनाखत गरेका थिए ।

अल्पमतमा सरकार

१० जनाको सनाखतसँगै गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यको सरकार अल्पमतमा परेको छ । ५१ जना एमालेको सांसद रहेकोमा १० जना एकीकृत समाजवादीमा ४१ जनामा झरेको छ । प्रदेश नं. १ सभामा ९३ जना सांसदमध्ये १ जना सांसदलाई माओवादीले कारबाही गरेपनि ५२ जना सांसद रहेका छन् ।

बहुमत पुग्न ४७ जना सांसद आवश्यक पर्छ । ४१ जना सांसद लिएर बसेको एमालेले बहुमत पुर्याउन सक्ने अवस्था नरहेको सांसद राजेन्द्र राईले बताए । अब प्रदेशको सरकार बनाउन गठबन्धनलाई बाटो खुलेको छ ।

कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एसको १० जना हुँदा संघीय समाजवादीको ३ जना सांसदले प्रदेशमा गठबन्धनको मात्र ४९ जना सांसद पुगेको छ । यसले प्रदेशको सरकार अल्पमततमा परेको हो ।

नेकपा एमालेमा रहेका ४१ जनामा १ जनालाई फौैजदारी मुद्दा परेको र सभामुख नखुलेकोले ३९ जना सांसदमा नेकपा एमाले सीमित हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *