ग्लोबल आइएमई बैंकद्वारा बाढी पीडितलाई राहत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारविहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्री वितरण गरेको हो ।

बैंकले विपतबाट प्रभावित नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका-१८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरीे चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो । बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्रीहरु वितरण गरिएको हो ।

ग्लोबल आइएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता तथा रामग्राम नगरपालिका- १८ का वडा अध्यक्ष गोपाल डिस्वा मगरको रोहवरमा राहत सामग्रीहरु पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरियो । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आइपर्ने बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक विपत्तिहरुको समयमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *