कक्षा ६ माथिकालाई पढाउने गरी धनुषाका विद्यालय खुल्ने

जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द धनुषाको शैक्षिका संस्थाहरु खुल्ने भएको छ । निश्चित मापदण्ड पालना गरेर शैक्षिक संस्था खोल्न दिने प्रशासनले निर्णय गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति धनुषाको बैठकले ६ कक्षाभन्दा माथिका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ०७८ र सिसिएमसीबाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन सम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयका खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए ।

विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य रूपमा थर्मलगनबाट तापक्रम परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षाकोठामा स्यानिटाइजर राख्नुपर्ने उनले बताए । विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय भएको प्रजिअ बाँस्तोलाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *