प्रभु ऐश्वर्य योजना शुरु

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ ।

महिलाहरूको महान चाड तिजको विशेष अवसर पारेर आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्‍याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको प्रभुले जनाएको छ ।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरूले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

यस योजनामा संलग्न भएका ग्राहकहरूले यस क्यापिटलका अन्य पीएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने‚ साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी ग्राहकहरूले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसनसीप म्यानेजरजस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *