मिक्लाजुङमा दुई ठुला आयोजनाको शिलान्यास

विराटनगर । मिक्लाजुङ गाउँपालिकामा एकैदिन दुई ठुला आयोजनाको सिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री डा शिवमाया तुम्वाहाम्फेले गाउँपालिकाका दुई ठुला आयोजनाको सिलान्यास गरेकी हुन् ।

३ करोड ८१ लाखको लागतमा बन्ने बेतिनी सिमासार संरक्षण तथा पर्यटन पूर्वाधारको विकास हुने गरी शिलान्यास गरिएको गाउँपालिकाकी उपप्रमुख सरला राईले जानकारी दिइन् । यस्तै संघीय सरकारको योजनाअनुसार मिक्लाजुङ गाउँपालिकामा १० शय्याको मिक्लाजुङ सामुदायिक अस्पताल शिलान्यास गरिएको छ ।

९ करोड ८७ लाखको लागतमा बन्ने सामुदायिक अस्पतालले स्थानीय ग्रामीण समुदायका नागरिकलाई फाइदा पुग्ने जनाइएको छ । हरेक स्थानीय तहमा १० बेडको अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार गाउँपालिकामा पनि अस्पताल निर्माणको शिलान्यास भएको राईले उल्लेख गरिन् ।

अस्पतालको निर्माण पूरा हुँदाको अवस्थामा गाउँपालिकामा सामान्य बिरामी पर्दा पनि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने र आफ्नै कार्यकालमा निर्माण सम्पन्न गर्ने गरी काम हुने पालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

आयोजनाको शिलान्यासपछि बोल्दै पूर्वमन्त्री तथा सांसद डा. शिवमाया तुम्बाहाम्फेले पर्यटन प्रवर्द्धनसँगै नागरिकको स्वास्थ्यसँग जोडिएको अस्पतालको निर्माणको काम शुरु भएको बताइन् । ओली नेतृत्वको सरकारको हरेक स्थानीय तहमा अस्पताल संचालनमा ल्याउने योजनाअनुसारको बजेट तथा योजनाबाट मिक्लाजुङको जस्तै धेरै पालिकामा अस्पताल निर्माणको काम भइरहेको बताइन् ।

शिलान्यास कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख यमुना विष्ट, लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला, कानेपोखरी गाउँपालिकाका उपप्रमुख राजकुमारी ईङ्नाम, नेकपा एमालेका नेता रुपेश खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *