आई पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर

काठमाडौँ ।आई पे रेमिटले हरितालिका तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ ।

सोमबार (आज)बाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरूले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडिओ बनाई अपलोड गर्नुपर्ने आइ पे रेमिटले जनाएको छ ।

भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्र मार्फत बम्पर क्यास प्राइज २० हजार रुपैयाँ जित्ने मौका पाउने जनाएको छ ।

साथै यस च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५०० रुपेयाँको टपअप पाउने रेमिटले जनाएको छ । सर्वाधिक लाइक आएको कुनै एक प्रत्योगिली नगद पुरस्कार १०, हजार रुपैयाँ जित्ने मौका पाउनेछन् ।

अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *