पेन्गुइनकी प्रकाशक भन्छिन्- कर्नाली ब्लुजले मुग्ध बनायो

काठमाडौँ । बुद्धिसागरकृत नेपाली उपन्यास ‘कर्नाली ब्लुज’को अंग्रेजी पान्डुलिपिलाई चर्चित प्रकाशन गृह पेन्गुइन बुक्स इन्डियाकी प्रकाशक मेरु गोखलेले प्रशंसा गरेकी छन् । कर्नाली ब्लुज बेलायती अनुवादक प्रा‍. माइकल हटको अनुवादमा पेन्गुइन बुक्सले प्रकाशन गर्दैछ । पुस्तक आगामी डिसेम्बरमा प्रकाशन गर्ने तयारी रहेको प्रकाशकले बताएको छ ।

गोखलेले ट्वीटरमा बाल्यकालको एक उत्कृष्ट चित्रण गर्न उपन्यास सफल भएको टिप्पणी गरेकी छन् । उनले उपन्यासमा बा र छोराको सम्बन्धबारेको चित्रण पढेर आफू मुग्ध भएको समेत बताएकी छन् । बुद्धिसागरले १० वर्षअघि  लेखेको कर्नाली ब्लुज फाइन प्रिन्टले प्रकाशन गरेको हो । कर्नाली ब्लुज  नेपालमा धेरै रुचाइएको पुस्तकमध्ये एक हो ।

गोखलेलाई लेखक बुद्धिसागर र कर्नाली ब्लुजका प्रकाशक अजित बरालले उनलाई धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *