नेपाल एसबीआई र आईसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं । नेपाल एसबीआई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत आईसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट,लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल एसबीआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आईसीएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच उक्त सम्झौता आदान-प्रदान भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *