हत्या आरोपमा कारागार परिन्, त्यहीँ जन्माइन् छोरा

जलेश्वर । महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा कारागारमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् ।

सौताको छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा जलेश्वर कारागारमा लगिएकी २० वर्षीया रागनी देवीले त्यहीँ छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए ।

राम गोपालपुर नगरपालिकाऔ६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा) ले पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि कारागार पठाएको थियो ।

दश महिनाअघि कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छाडेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको हत्या गरेको प्रहरीको भनाइ छ । घटना भएकै दिन रागनीलाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको र भदौ ९ गते पूर्पक्षको लागि जलेश्वर कारागार पठाएको थियो । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *