एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदकाे पद कायमै

काठमाडौँ । नेकपा (एमाले) ले कारबाही गर्न सिफारिस गरेका १४ सांसदको पद नजाने भएको छ । ह्वीप उल्लंघन गरेकाले सांसदबाट कारबाही गरी निष्कासन गर्न सिफारिस गरिएका १४ जना सांसदलाई संसद् सचिवालयले ‘कारबाही गरिरहनुनपर्ने’ निर्णय गरेसँगै उनीहरूको सांसद पद कायमै रहने भएको हो ।

संसद् सचिवालय स्रोतकाअनुसार सचिवालयले ‘निर्वाचन आयोगमा छुट्टै दल दर्ता भएर मान्यता पाइसकेकाले उनीहरुको सम्बन्धमा कारबाही गर्नुपर्ने अवस्था नदेखिएको’ भन्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेको र ती सांसदहरु नयाँ दलमा रहेको जानकारी संसद् सचिवालयमा प्राप्त भएको भन्दै सचिवालयले कारबाही गर्न नपर्ने निर्णय गरेको सचिवालय श्रोतले जनाएको छ ।

एमालेले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्ने निर्णय गर्दै त्यो जानकारी संसद्लाई गराएको थियो । तर, संसद् सचिवालयले १३ दिनपछि कारबाही गरिरहन पर्ने नदेखिएको निर्णय गरेको हो ।

एमालेले दिएको पत्रमा निर्णय गर्न ढिलाइ गरेकोमा एमालेका सासदहरुले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण पनि गराएका थिए ।

एमालेले नेपालसहित, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानीप्रसाद खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोपम कारबाही गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *