प्रदेश २ : दुई मन्त्रीको जिम्मेवारी हेरफेर‚ कृषिमा यादव र अर्थमा साह

जनकपुरधाम । प्रदेश २ सरकारको दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश सरकारको अर्थमन्त्री र कृषिमन्त्रीको जिम्मेवारी हेरफेर भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ भने भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री रहेको शैलेन्द्र साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री राउतले आइतबार मन्त्रीद्वयको जिम्मेवारी हेरफेर गरेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएपछि प्रदेश प्रमुखको कार्यालय सम्बन्धित मन्त्रीहरूलाई सोबारे जानकारी गराएकोे मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सोबारे प्रदेश प्रमुख कार्यालयले संसद सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।

अर्थमन्त्रीको जिम्मेवारी पाएका नवनियुक्त अर्थमन्त्री साहले आफूलाई प्रदेश प्रमुख कार्यालयले जिम्मेवारी हेरफेरको जानकारी गराएको र आफूले भोलि पदभार ग्रहण गर्ने मकालु खबरलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *