एकीकृत समाजवादीमा को को बन्दैछन् संसदीय दलका पदाधिकारी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलका पदाधिकारी चयन गर्न आइतबार (आज) बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले पार्टीको संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकलगायत चयन गर्नेछ ।

बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नै संसदीय दलको नेता बनाउने निश्चित छ । यस्तै प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन हुने सम्भावना धेरै रहेको सांसदहरुले बताएका छन् । श्रेष्ठको नाम मन्त्री बन्नेको सूचीमा पनि रहेको तर उनी नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पनि भएकाले प्रमुख सचेतक नै बन्ने सम्भावना धेरै रहेको सांसदहरुले जानकारी दिएका छन् ।

यस्तै मेटमणी चौधरीलाई दलको सचेतक बनाउने सम्भावना छ । चौधरी पनि मन्त्री बन्नेको सूचीमा रहेको सांसद हुन् । अहिले दलको सचेतक बनाउने र मन्त्री बनाइए अर्को सांसदलाई सचेतक बनाउने तयारी रहेको सांसदहरुले जानकारी दिएका छन् ।

यस्तै नेता वेदुराम भुसाल राष्ट्रिय सभाको संसदीय दलको नेता बन्ने लगभग निश्चित जस्तै छ । एकीकृत समाजवादीका तर्फबाट सरलाकुमारी यादवलाई उपसभामुख बनाउने तयारी पनि भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *