देश छोड्दै अफगानी पत्रकारले लेखे- ‘सानो हाते झोला बोकेर देश छोड्नुपर्छ भन्नेबारे कहिल्यै सोचिनँ’

काठमाडौं । अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै देश छोड्नेको संख्या बढ्दो छ । विभिन्न देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार गरिरहेका छन् भने त्यहीँकै कतिपय बासिन्दाहरु पनि आफ्नो देश छोडेर अन्य देशको शरणमा पर्ने गरेका छन् ।

योबीचमा त्यहाँको सरकारी सञ्चारमाध्यमहरुका पत्रकार निकालिएका समाचारहरु सार्वजनिक भइरहेका छन् । यसैबीच एक अफगानी पत्रकारले देश छाडेका छन् । लामो समययता टेलिभिजन पत्रकारितामा रहेका पत्रकार खलिद अमिरीले अफगानिस्तान छाडेका हुन् ।

खैबर टेलिभिजनका पूर्वप्रस्तोतासमेत रहेका अमिरीले काबुल विमानस्थलमा उभिएको तस्बिर ट्वीटरमा राख्दै देश छोडेको बताएका छन् । देश छोड्दै गर्दा अमिरीले लेखेका छन्, ‘कुनै पनि शब्दले मेरो भावनाको वर्णन गर्न सक्दैन र केहीले पनि यो पीडालाई ठिक गर्न सक्दैन । मैले कहिल्यै पनि एउटा सानो हाते झोला बोकेर देश छाड्नेबारे सोचेको थिइनँ ।’

यो घटनालाई आफूलाई दुखी तुल्याएकोसमेत अमिरीले उल्लेख गरेका छन् । भनेका छन्, ‘यसले मलाई निकै दुखी बनाएको छ । अहिले मैले सपनाहरु हराएको छु । कतै पछाडि छोडेर आएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *