आरवीवी म्युचुअल फण्ड-१ नेप्सेमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक रहेको आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नामको योजना प्रति इकाई १० रूपैयाँ अंकित दरले १२ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुँयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

रष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरवीवी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी असार २३ गतेदेखि असार २७ गतेसम्म ‘आरवीवी म्युचुअल फण्ड १’ निष्कासन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *