भारतबाट सात नेपाली युवतीको उद्धार

जनकपुरधाम । प्रहरीले भारतको बिहारबाट सात जना नेपाली युवतीको उद्धार गरेको छ । अर्केष्ट्रामा आकर्षक तलब दिने प्रलोभन देखाएर बेचबिखनको लागि लगिएका ७ नेपाली युवतीको बिहारको पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट उद्धार गरिएको हो ।

उनीहरुलाई भारतीय प्रहरी र आफन्त नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा उद्धार गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

मोबाइल खोसेर अशोभनीय पोसाकमा अँध्यारो कोठामा राखेको बेला उनीहरुको उद्धार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई झुक्याएर बेचबिखन गर्न लैजाने धनुषाकी एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा छौडादानोका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुन छन् ।

दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी खनालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *