ब्लड सुगरको बेलैमा परीक्षण गरौँ : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा कोजु (भिडिओ)

काठमाडौँ । शरीरमा चिनीको मात्रा कति छ भनेर समयमा नै जाँच गर्न वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजुले आग्रह गरेका छन् । शरीरमा ‘ब्लड सुगर’ चाहिनेभन्दा बढी भएमा त्यसले धेरै समस्या निम्त्याउने भएकाले बेलैमा शरीरमा चिनीको मात्रा परीक्षण गर्नुपर्ने उनको सुझाव छ ।

रगतमा चिनीको मात्रा धेरै भए बिस्तारै रक्तनली साँघुरो हुने, मिर्गौलामा असर पार्दै जाने मिर्गौला नै बिगार्दै लैजाने र मुटुमा पनि असर पुर्याउने उनले बताएका छन् । यति मात्र नभएर मस्तिष्कघातसम्म हुने भएकाले बेलाबेला रगतमा चिनीको मात्रा परीक्षण गर्नुपर्ने उनको सुझाव छ ।

ब्लड सुगरका लक्षणहरुमा धेरै भोक लाग्नु, शरीरमा थकान महसुस हुनुलगायत हुने उनी बताउँछन् । तर केही लक्षण नदेखिए पनि ब्लड सुगरले पछि गाह्रो पार्न सक्ने भएकाले यस्तो अवस्थामा हेलचेक्र्याइँ नगरी समयमै औषधी खाइहाल्नु पर्ने डा. कोजुले बताए । ब्लड सुगर भएको अवस्थामा दैनिक हिँड्ने, अनावश्यक धेरै खाने कुरा नखानेलगायत धेरै कुरामा विशेष ध्यान दिने गर्नुपर्ने उनको भनाइ छ ।

समयमा नै ‘ब्लड सुगर’ बाट बच्न सके मिर्गौला फेल हुनबाट, मस्तिष्कघात हुनबाट बच्न डा. कोजुले आग्रह गरेका छन् ।

धुलिखेल अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजुको आग्रह हेरौँ उनले बनाएको यो भिडिओमा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *