प्रदेश १ को सरकार विस्तार गर्ने तयारी, नाम टुङ्गो लाग्दै

विराटनगर । प्रदेश १ को सरकार आजविस्तार गर्ने तयारी भएको छ ।

पहिलो चरणमा दुई/तीनजना मन्त्री बनाएर सरकार विस्तार गर्ने तयारी भइरहेको मुख्यमन्त्रीमा भीम आचार्य निकट स्रोतले जनाएको छ । शुक्रबार नै शपथ ग्रहण गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ । तर, कसकसलाई मन्त्री बनाउने भन्ने नाम भने टुङ्गो लागिनसकेको स्रोत बताउँछ ।

सरकारलाई विश्वासको मत प्राप्त हुने गरी मन्त्री चयन गर्नुपर्ने भएकाले गम्भीर छलफल भइरहेको पनि स्रोतले जनाएको छ । आचार्य बिहीबार मुख्यमन्त्री बनेका हुन् । बिहीबार नै तीन मन्त्रीले शपथ ग्रहण गर्ने तयारी भएको भनिए पनि अन्तिम अवस्थामा रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *