‘मेगा म्युचुअल फन्ड १’मा हालसम्मकै उच्च आवेदन

काठमाडौँ। मेगा क्यापिटल लिमिटेडले भदौ ४ गतेदेखि भदौ १० गते, बिहीबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको ‘मेगा म्युचुअल फन्ड-१’ मा हालसम्मकै उच्च आवेदन परेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म १ लाख ६३ हजार ६ सय ४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय बराबरको इकाई खरिदका लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा २.३७ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिकाबमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाईहरू बाँडफाट गरिने मेगाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *