मानव ओसारपसार रोक्न सीमा लक्षित अभियान

विराटनगर । बालबालिका र किशोरीलाई बेचबिखन हुनबाट जोगाउने उपाय सचेतना भएको भन्दै अभियानलाई तीव्र पारिएको छ । माइती नेपाल विराटनगरले बालिका र किशोरीसँग मानव बेचविखन तथा ओसारपोसारविरुद्ध कानुनी सचेतना गरेको हो ।

अभियानको रुपमा शुरु भएको यो कार्यक्रम विराटनगर महानगरपालिकाको सीमा क्षेत्रका किशोरी र बालिकालाई लक्षित गरि शुरु भएको हो । विराटनगर महानगरपालिका वडा नम्बर ११, १२, १३, १५ र १६ का किशोरी र बालिकालाई सचेतना प्रदान गरिएको माइती नेपाल बिराटनगरका कार्यक्रम संयोजक बिनोद पोखरेलले बताए ।

माइती नेपालले आयोजना गरेकोे मानव बेचविखन तथा ओसारपारविरुद्ध कानूनी सचेतनामा २० जना बालिका तथा किशोरी सहभागी भएका थिए । कोभिड १९को माहामारीमा पनि बालबालिका र किशोरीलाई ललाई फकाई सीमा पार गराउने गरेको पाईएपछि यसलाई न्यूनीकरणको लागि सीमामा अभियान चलाईएको पोखरेलले बताए । सचेतना अभियानको क्रममा स्थानीय जनप्रतिनिधि कमला सुब्बा, सामुदायिक प्रहरकी दिपा पौड्याल र एविसि नेपालद्धारा संचालित सेफहाउस इन्चार्ज सृजना भण्डारी पनि सहभागी थिए ।

वडागत रुपमा शुरु भएको सचेतना कार्यक्रम अन्य पालिकाहरुमा हुने माईती नेपालले जनाएको छ। गाउँगाउँमा हुने सचेतनाको माध्यामबाट सूचना आदान प्रदानमा टेवा पुग्ने तथा कानुनी ज्ञानका कारण त्यस्ता जानकारी प्रहरी प्रशासनसम्म जानकारी हुने भएकोले यो अभियान प्रभावकारी हुने पोखरेलको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *