शेरधन लेख्छन्- स्पष्ट बहुमत हुँदाहुँदै राजीनामा दिएँ

काठमाडौं । प्रदेश नं. १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफ्नो पक्षमा स्पष्ट बुहमत हुँदाहुँदै पनि राजीनामा दिनुपरेको बताएका छन् । आफू ५ वर्षका लागि मुख्यमन्त्रीमा निर्वाचित भएको भएपनि पछिल्लो समय विकसित राजनीतिका कारण आफू पदबाट हट्नुपरेको राईले आफ्नो आधिकारिक फेसबूकमा लेखेका छन् । ‘पार्टी र पार्टी नेतृत्वको पूर्ण विश्वास र समर्थन अनि आफूले नेतृत्व गरेको दलमा पूर्ण बहुमत रहँदारहँदै पनि देशको विकसित राजनीतिक परिस्थिति, पार्टीभित्र देखा परेको विग्रह टुटफुट अनि त्यसको असर र असरबाट प्रदेश नं. १ मा नेकपा (एमाले) लाई क्षति पुग्न नदिन राजीनामा दिएको छु,’ राईले लेखेका छन् ।

यस्तै सरकारको स्थायित्वलाई सुनिश्चित गर्न पनि आफूले राजीनामा गरेको राईले उल्लेख गरेका छन् । ‘देशकै ठूलो दल नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारलाई कमजोर हुन नदिन, देश प्रदेशमा अराजकता र अस्थिरता पैदा नहोस् पार्टी एकताको पक्ष मजबुत होस्, पार्टीभित्र उत्पन्न समस्याको ठोस समाधानका लागी लामो गन्थनमन्थन पछि कार्यान्वयनमा ल्याइएको १० बुँदेलाई अक्षरशः पालना गर्न र गराउनको लागी एकमुष्ट तेजिलो गति पैदा हुन सकोस् भनेर त्यस मूल्यमा सेक्रिफाइसस्वरुप आजै मैले दलको नेता र पदबाट राजीनामा गरेको हुँ,’ राईले लेखेका छन् ।

आफ्नै प्रस्तावमा दलका नेता र मुख्यमन्त्री बनाएका भीमप्रसाद आचार्यलाई राईले बधाईसमेत दिएका छन् । केन्द्रीय राजनीतिक असर परेपछि त्यहाँ (प्रदेश नं. १) आचार्य मुख्यमन्त्री बनेका हुन् । एमाले विभाजनतिर जाँदै गर्दा माधवकुमार नेपालको कित्तामा उभिएका आचार्य अन्ततः एमालेमै फर्किएका थिए । यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आचार्यलाई प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *