दाइ मुख्यमन्त्री बन्दै गर्दा भाइ मृत भेटिए

विराटनगर । भीमप्रसाद आचार्य प्रदेश नं. १ को मुख्यमन्त्रीको शपथ लिँदै गर्दा पनि आचार्य खुसी देखिएका थिएनन् । आचार्य बिराटनगरमा मुख्यमन्त्री बन्दै गर्दा उनका भाइ मृत अवस्थामा भेटिएका थिए ।

नेकपा (एमाले) प्रदेश नं. १ का मुख्यमन्त्रीमा दलका छलफल हुँदै गर्दा आचार्यका भाइ राम आचार्य आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । दाइ आचार्य मुख्यमन्त्री बन्दैगर्दा भाइ मृत भेटिएका थिए ।

सुनसरीको इनरुवा नगरपालिकास्थित घरको कोठाभित्र उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बिहान ८ बजेसम्म उनी नउठेपछि ढोका खोली हेर्दा उनी मृत अवस्थामा भेटिएका हुन् ।

पारिवारिक स्रोतकाअनुसार हिजो मात्र उनी इटहरी गइ बुबाको श्राद्ध गरी फर्केका थिए । उनी लामा समयदेखि डिप्रेसनको औषधि खाइरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *