मोटरसाइकलको ठक्करबाट गर्भवतीको मृत्यु

विराटनगर । झापामा मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ की २३ वर्षीया दीक्षा प्रसाईँ चम्लागाई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

चारआली-केचना सडकको लक्ष्मी चोकमा बुधवार राति बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थामा अस्पताल लगिएकी महिलाको लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो । मोटरसाइकल चालक मेचीनगर नगरपालिका-१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *