बेस्ट फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण

काठमाडौँ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौँ महानगरपालिका न्यूरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ ।

फाइनान्सले सोही वडाको न्यूरोड, पिपलवोटस्थित रमा गृह भवनमा उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको फाइनान्सले जनाएको छ ।

नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा न्यूरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपालको ४ वटा पुरानो फाइनान्स कम्पनीहरू मर्ज भई बनेको यस बेस्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत आफनो सेवा दिँदै आएको छ ।

संस्थाबाट हाल डिजिटल बैकिङ सेवालगायत नेपाल राष्ट्र बैंकको नीतिबमोजिम विभिन्न बचत योजनासहित सहुलियत कर्जाहरू समेत प्रदान गर्दै आएको फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *