सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँँले घटेको हो । मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *