टिपरले किचेर महिलाको ज्यान गयो

जनकपुरधाम । टिपरले किचेर धनुषामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदेह नगरपालिका-७ की ५५ वर्षीया रामप्यारी देवी मण्डल छन् ।

मंगलबार राति विदेह नगरपालिका-६ तीनकौरिया चोकमा ना २ क ८३७ नम्बरको टिपरले किचिएर उनको घटनास्थलमै मृत्यु भएको तनकौरिया प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलाको मानसिक अवस्था ठिक थिएन । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *