मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

जनकपुरधाम । धनुषामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-४ पुष्पवलपुरस्थित मंगलबार सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-१२ की २९ वर्षिया ममता यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक ३५ वर्षीय द्वारिका प्रसाद यादव घाइते भएका हुन् । मृतक घाइतेको पत्नी रहेको बताइएको छ ।

मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र २-०१-००१ प ८५८५ नम्बरको मोटरसाइकल पुष्पवलपुरमा सडकमा रहेको खाल्डोमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक ममता उछिट्टिएर सडकतर्फ लडेकी थिइन् । सोही क्रममा विपरित दिशाबाट जाँदै गरेको बा. ५ ख. ६०८७ नम्बरको हायसले कुल्चिएपछि घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जनाए ।

दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने हायस गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *