विदेशमा देखे, स्वदेश फर्केर उद्योग खोले

धनगढी । कैलालीको कैलारी गाउँपालिका- १ भुइँफाटाका पुरन चौधरी केही वर्ष भारतको गुजरातमा बसे । त्यहाँको एक होटलमा काम गरे । काम गर्दै गर्दा उनले ‘सोया पनीर’बारे थाहा पाए । जसलाई तोफू पनि भनिन्छ । दूधबाट बनेकोलाई पनीर र भटमासबाट बनेकोलाई सोया पनीर अर्थात ‘तोफू’ पनि भनिन्छ । तोफू, दूधबाट उत्पादन गरिने पनीरको विकल्पमा प्रयोग हुने रहेछ  । यसबारे उनले त्यहीँ पुगेर थाहा पाएका हुन् ।

त्यहाँ तोफूको राम्रो माग हुन्थ्यो । तोफू उत्पादन हुने उद्योग उनी काम गर्ने होटलको नजिकै थियो । भारतमै राम्रो व्यापार हुने तोफूबारे जान्ने हुटहुटी जाग्यो । अनि उद्योगमा पुगे । यसको उत्पादनबारे बुझे । यसबारे युट्यूबमा पनि खोजे र सकेजति जानकारी लिए ।

No description available.

होटलमा दुई वर्षको कामपछि उनी नेपाल फर्किए । घर फर्केपछि गाउँकै साथीहरूले पनि सामान्य मिक्स्चरबाटै तोफू बनाइरहेको देखे । गाउँकै दशरथ चौधरी र रामनरेश चौधरीले घरकै लागि भनेर बनाउने रहेछन् तोफू । एक दिन तीन जनाको जमघटमा रामनरेशले उनीसहित दुई जनालाई प्रस्ताव राखे, ‘अब तोफू उद्योग खोलौँ ।’

पुरन र दशरथले नाई भन्न सकेनन् । उनीहरूको दिमागमा पनि ‘क्लिक’ भयो कि ‘रामनरेशले सही भन्यो ।’ तीनै जना सोया पनीर उद्योग सञ्चालन गर्न तयार भए र योजना बनाउन थाले । योजना बनाउने क्रममा मलेसियामा रहेका गाउँकै भुवन र अर्पण चौधरीसँग पनि उनीहरूको सम्पर्क भयो । उनीहरू पनि लगानी गर्न उत्सुक देखिए ।

उद्योगमा लगानीका लागि दुवै जनाले रकम पठाए पाँच जनाको लगानीमा उद्याेग खुल्ने भयो । यहाँ रहेका तीन जनाले भारतबाट मेसीन मगाए । झण्डै १० लाख रुपैयाँको लगानीमा उनीहरूले गतवर्षको फागुनमा धनगढी उपमहानगरपालिका – ८ धनगढी गाउँमा ‘हंश सोया पनीर उद्योग’ स्थापना गर्न सफल भए ।

No description available.

जुन ‘सोया पनीर’ उत्पादन गर्ने सुदूरपश्चिमको पहिलो उद्योग बनेको छ । उद्योगको व्यवस्थापक पुरन छन् । उनीहरूको लक्ष्य सोया पनीरमात्रै नभई भटमासबाट बन्ने अन्य बस्तु पनि उत्पादन गर्ने रहेकाे पुरनले बताए । भटमासकै दूध बनाएर ब्रान्डिङ गर्ने योजना पनि रहेको पुरनले सुनाए ।

बजारको समस्या
‘तोफू’ नेपालमा खास्सै परिचित खाद्य वस्तु होइन । धेरैलाई दूधबाट बन्ने ‘पनीर’बारे थाहा भएपनि भटमासबाट बन्ने ‘पनीर’ वा ‘तोफू’बारे कमैलाई मात्रै थाहा छ । त्यसैले पनि सुदूरपश्चिममा यसको माग पनि खासै छैन । ‘सोया पनीर’‚  वा तोफू भनेको नै धेरैलाई थाहा छैन,’ उद्योगका व्यवस्थापक पुरन भन्छन्, ‘नेपालमा यसको खासै प्रयाग भएको पाइँदैन, सुदूरपश्चिममा त झन् अहिले नै धेरै बजार पाइएला भन्न सकिँदैन ।’

No description available.

उनका अनुसार नेपालगञ्जसम्म पनि ‘तोफू’ उत्पादन गर्ने उद्योग छैन । नेपालगञ्जमा पनि राजधानी काठमाडौँलगायतका ठाउँबाट ‘तोफू’ झिकाइन्छ । बुटवल र त्यहाँभन्दा पूर्वतिरका बजारमा भने तोफू उद्योग हुनसक्ने पुरन बताउँछन् । ‘अहिलेसम्म यहाँका कुनैपनि होटलले हाम्रो उत्पादन लिएका छैनन्‚’ उनी भन्छन्, ‘अहिले तत्काल यहाँका दूध डेरी, ‘ट्रेड सेन्टर र किराना पसलहरूले केही मात्रामा तोफू लिने गर्छन् ।’

उद्योग खुलेकाे ६ महिना पनि पुगेको छैन । अर्कातिर उद्योग स्थापना भएको एक महिनापछि नै कोरोनाका कारण जेठसम्म कडा निषेधाज्ञा भयो । जसले पनि उद्योगलाई थला पार्यो ।

तर पनि सरकारले तोकेको नियमानुसार स्वास्थ्य मापदण्ड अपनाएर उद्योग सञ्चालन भइरहेको थियो, मागअनुसार डेलिभरी गर्ने गरेर । जसका कारण पनि यो उद्योग फस्टाउन नसकेको पुरन बताउँछन्। ‘असार १ गतेदेखि निषेधाज्ञा खुकुलो हुँदै गएपनि अहिले बजार विस्तारको काम भइरहेको छ’ उनले भने ।

No description available.

‘यहाँका लागि नयाँ उद्योग हो,’ व्यवस्थापक चौधरी भन्छन्, ‘अहिलेको यो छोटो समयमा धेरै प्रोफिट हुन्छ भन्ने आशा पनि राखेका छैनौँ । उद्योगबारे प्रचार प्रसार भएपछि बिस्तारै बजार पाउला भन्ने आशा छ ।’

छोटो समयमै उत्कृष्ट उद्योग
हंश सोया पनीर उद्योग स्थापना भएको ६ महिनामात्रै भएको छ । तर उद्योग स्थापना भएको चार महिना नपुग्दै यो  उद्योग १३ राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७८ एवं तेस्रो विश्व खाद्य स्वच्छता दिवस २०२१ को अवसरमा साना उद्योगहरूमा उत्कृष्ट उद्योगमा पर्न सफल भयो । उद्योग स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुमध्ये उत्कृष्टमा पर्न सफल भएको हो । सुदूरपश्चिमबाट उत्कृष्ट उद्योगमा परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्मान गरेको छ ।

स्वास्थ्यका लागि फाइदा
बजारमा दूधबाट बन्ने पनीर पाइन्छ । जुन मिठो पनि हुन्छ । तर त्यसमा ‘फ्याट’ हुन्छ । भटमासको सोया मिल्कबाट बन्ने तोफू‚ अर्थात् सोया पनीरमा भने ‘फ्याट’ हुँदैन । यो एक स्वास्थ्यवर्द्धक खानेकुरा हो‚ जुन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसमा क्याल्सियम, आइरन प्रोटिनलगायतका पौष्टिक तत्व पाइने पोषणविदहरु बताउँछन् ।

No description available.

पाइन्छ । साथै यो ग्लूटेन फ्री पनि हुन्छ । यसमा क्यालोरी धेरै कम हुने कारण मोटोपनको सम्भावना कम हुन्छ । जो मानिसहरूलाई शुद्ध दूधसँग एलर्जी छ भने ती व्यक्तिहरूलाई तोफू एक विकल्प हुने गर्दछ । यतिमात्रै नभएर आफ्नो तौल घटाउने प्रयास गरिरहेका मानिसहरूका लागि पनि यसले सहयोग गर्छ ।

तोफू कलेस्ट्रोल लेबल बढी भएकाहरूका लागि पनि उपयुक्त खाद्य पदार्थ हो । यसमा कार्बोहाइट्रेड, फाइबर, म्यागनिज, क्याल्सियम, जिंक, कपर र फसफोरस धेरै मात्रामा पाइन्छ । यी सबै तत्वहरूले हड्डीलाई बलियो बनाउने काम गर्छन् । यसका साथै यसले सेलको विकासमा पनि सहयोग गर्दछ । तोफूले मुटुसम्बन्धी समस्याहरू पनि कम गर्ने गर्छ । तोफूमा आइसोफ्लेबोनिस पाइन्छ । जसलाई विभिन्न प्रकारका क्यान्सरहरूबाट बचाउने तत्वको रुपमा मानिन्छ । यसका साथै तोफूले ब्रेस्ट क्यान्सर र फोक्सो क्यान्सरको सम्भावनालाई पनि कम गर्ने पोषणविदहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *