प्रभु साहको टिप्पणी :

‘नयाँ सरकार गठनसँगै कांग्रेसी आतंक बढ्यो’

काठमाडौं । पूर्वमाओवादी नेता प्रभु साहले मुलुकमा कांग्रेसी आतंक बढेको अभिव्यक्ति दिएका छन् । ‘नयाँ सरकार गठनसँगै देशमा कांग्रेसी आतंक बढ्दो,’ नेता साहले आफ्नो आधिकारिक फेसबूकमा लेखेका छन् ।

कांग्रेसको नेतृत्वमा सरकार गठन भएसँगै महँगी, भ्रष्टाचार र सरकारी आतंक बढेको नेता साहले उल्लेख गरेका छन् । ‘देशमा कांग्रेस नेतृत्वको सरकार गठनसँगै मुलुकमा महँगी, सरकारी आतंक, ब्रह्मलुट तथा आसन्न/आउँदो चुनावमा कांग्रेसी गठबन्धनलाई सहयोग पुर्याउन अहिलेदेखि नै अनुचित, अनैतिक एमव् अपराधिक हर्कतपूर्ण गतिविधिहरु दिनप्रतिदिन बढ्दो क्रममा देखा पर्नु आफैंमा दुखद् र भर्तर्सनायोग्य विषय हो,’ साहले लेखेका छन्, ‘अहिलेको २१औं शताब्दीको संघीय गणतन्त्रमा पनि राणाकÞालीन शैलीमा सत्तापक्षधर उम्मेदवारलाई जिताउने वातावरण बनाउनको लागि विरोधीहरुलाई झुटा मुद्दामा फसाउन प्रहरीद्वारा गरिएको षड्यन्त्रपूर्ण कार्यलाई जति निन्दा गरे कम हुन्छ ।’

मुलुकमा देर र जनताको हितविपरीत कार्यहरु भइरहेको समेत नेता साहले उल्लेख गरेका छन् । भनेका छन्— ‘यसरी देश र जनताको हितविपरीत गरिने कुकार्यहरु किमार्थ स्वीकार्य हुन सक्दैन ।’

नेता साह पूर्वमाओवादी नेता हुन् । नेकपाबाट एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्किएपछि साह एमालेको कित्तामा उभिएका थिए ।  त्यसपछि एमालेको नेतृत्वको सरकारमा एमाले भएरै सहभागी भएका साहले पछिल्लो समय आफू एमालेमा नरहेको जिकिर गर्दै आएका छन् । माओवादी केन्द्र (आफ्नो पूर्व दल)समेत अवैधानिक भएको भन्दै निर्वाचन आयोग पुगेका साह पछिल्लो समय दलविहीन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *