कक्षा १२ को परीक्षा यथाशीघ्र सञ्चालन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले १२ कक्षाको परीक्षा सम्भव भएसम्म छिटो गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सरोकारवालाहरूसँगको छलफलपछि समितिले परीक्षा छिटोभन्दा छिटो लिन निर्देशन दिएको हाे । बैठकले विद्यार्थीलाई चाँडो खोप दिएर, पहिल्यै तय भएको मोडल र तयारीअनुसार परीक्षा लिन भनेकाे समितिका सभापति जयपूरी घर्तीले जानकारी दिइन् ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी पढेकै विद्यालयमा परीक्षा दिन पाउने हाेम सेन्टरको व्यवस्था गरेको छ भने दुई सयभन्दा बढी परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

तर‚ कोरोना संक्रमण बढेकाले सीसीएमसीले परीक्षा तत्काल नगर्न सिफारिस गरेपछि परीक्षा स्थगित भएको हो । परीक्षा साउन ३१ गतेदेखि हुने तय थियो ।

प्रतिक्रिया

One thought on “कक्षा १२ को परीक्षा यथाशीघ्र सञ्चालन गर्न निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *