बुवा र श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

जनकपुरधाम । धनुषामा बुवा र श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियास्थित ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया बुहारी अमरिकादेवी मण्डलको मंगलबार बिहान शव फेला परेको थियो ।

बुवा र पत्नीको हत्यामा संलग्न रहेको आरोपमा मृतक रामवृक्षका छोरा एवं अमरिकाका पति भागेश्वर मण्डललाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । भागेश्वरलाई प्रहरीले मंगलबार नै पक्राउ गरेको र अनुसन्धान भइरहेकाे रानाभाटले बताए ।

प्रहरीले विवाद हुँदा गएराति नै बुवा र पत्नीको हत्या गरेर खाल्डोमा गाडेको भागेश्वरले स्वीकार गरेको पनि दाबी गरेको छ । ससुरा बुहारीबीच अनैतिक सम्बन्धका कारण हत्या गरेको पक्राउ परेका भागेश्वरले बयान दिएका प्रहरीले दाबी गरेको छ । हत्या गरेर बारीको झाडीमा शव गाडेको उनले प्रहरी समक्ष बताएको र  प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका कारण हत्या भएको खुलेको पनि प्रहरीले जनाएको छ ।

भागेश्वर एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुनसक्ने र घटनाको बारेमा अनुसन्धान भइरहेकोले थप कुरा पछि खुल्ने प्रहरी उपरीक्षक रानाभाटले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *