मञ्जुश्रीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । शेयर खरीद गर्दा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

आवेदन बुझाउन स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै, कम्पनीले  एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितीमा बोलपत्र खोलिने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *