पत्रकारकाे माेटरसाइकलमा लागू औषध राख्न पत्रकार नै संलग्न !

जनकपुरधाम । रौतहटमा पत्रकारको मोटरसाइकलमा लागू औषध राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत निर्दोष व्यक्तिलाई लागू औषधसहित पक्राउ गरिएको स्वीकार गरेको हो ।

घटनामा नेपाल पत्रकार महासंघ रौतहट शाखाकाका एक पदाधिकारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव सञ्जय सहनीले नियोजित हिसाबले निर्दोष व्यक्तिलाई लागू औषधको घटनामा फसाउन खोजेको अनुसन्धानबाट खुलेको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

सहसचिव सहनीले स्थानीय युवा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी पत्रकार मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागू औषध राख्न लगाएको पाइएको प्रहरी उपरीक्षक शाहले बताए । प्रहरी उपरीक्षक शाहका अनुसार सहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।

अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको शाहको भनाइ छ । साथै, गैरव्यावसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन समेत गरिएको शाहले बताए ।

रौतहट प्रहरीले साउन ३२ मा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागू औषध नाइट्रोभेटसहित पक्राउ गरेको जनाएको थियो । सीसीटीभी फुटेजमा लागू औषध राखिदिएर पक्राउ गराएको देखिएपछि अनुसन्धान सुरु गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *