गाडेको अवस्थामा ससुरा र बुहारीको शव फेला

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा गाडेको अवस्थामा दुईवटा शव फेला परेको छ । मिथिला बिहारी नगरपालिका-५ ललियास्थित गाडेको अवस्थामा दुईजनाको शव फेला परेको हो ।

स्थानीय भागेश्वर मण्डलले आफ्नै बुवा चैता भन्ने रामवृक्ष मण्डल र पत्नी अमरिकालाई हत्या गरेर शव गाडेको आशंका गरिएको छ । घरमा नभेटेपछि उनको बुवा र पत्नीको खोजतलास गर्ने क्रममा घटना सार्वजनिक भएको स्थानीयहरुले बताएका छन् ।

प्रहरी घटनास्थल पुगेर अनुसन्थान सुरु गरेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । महोत्तरीको भ्रमरपुरामा भएको हत्याको घटना सेलाउन नपाउँदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *