विमलाकुमारी वलीविरुद्ध नाबालक छोराहरुको मुद्दा

४ महिनायता घर नफर्केको दाबी

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी वलीविरुद्ध जिल्ला अदालत, दाङमा मुद्दा परेको छ । अदालतका श्रेष्तेदार धनसिंह गिरीकाअनुसार वलीविरुद्ध दुई नाबालक छोराहरुको तर्फबाट मुद्दा परेको हो । ‘उहाँ (वली) विरुद्ध मुद्दा परेको छ,’ श्रेष्तेदार गिरीले मकालुखबरसँग भने, ‘उहाँकै छोराहरु १२ वर्षीय प्रणय वली र ९ वर्षीय दिवाकर वलीको तर्फबाट मुद्दा परेको छ ।’

वलीकी जेठाजु अमरबहादुर वलीले प्रणय र दिवाकरको तर्फबाट मुद्दा दर्ता गराएका हुन् । श्रेष्तेदार गिरीकाअनुसार भदौ ३ गते पेश भएको उक्त मुद्दाको दर्ता नं. ०७३ –०७८ –००३६२ हो ।

निवेदक अमरबहादुरले विपक्षी वलीबाट नाबालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नाबालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् । ‘यो व्यहोराको निवेदन परेको छ,’ श्रेष्तेदार गिरीले भनेका छन् ।

निवेदक अमरबहादुरले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमलाकुमारी वलीबाट उत्तरकुमार वलीका नाबालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् । ‘विमला सम्पर्कमा आएको भए त्यो अवस्था हुँदैनथ्यो होला,’ अमरबहादुरलाई उद्धृत गर्दै श्रेष्तेदार गिरीले भने, ‘तर उनी ४ महिनादेखि हाम्रो सम्पर्कमा छैनन् । त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो ।’

एमालेको तर्फबाट ०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङको क्षेत्र नं. ३ ‘ख’बाट निर्वाचित उत्तरकुमार वली (विमलाका श्रीमान्) को दुर्घटनामा निधन भएपछि ०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट वली निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *