बाबु, आमा र छोरी झुन्डिएको अवस्थामा फेला

काठमाडौं । झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । त्यहाँका एसपी सानुराम भट्टराईले दिएको जानकारीअनुसार उनीहरु सोमबार (आज) बिहान फेला परेका हुन् । ‘झुन्डिएको अवस्थामा भेटिएको हो,’ एसपी भट्टराईले भने, ‘माइती पक्षलाई कुरिरहेका छौँ । माइती पक्ष आएपछि मुचुल्का उठाउँछौँ र आवश्यक अनुसन्धान गर्छौँ ।’

मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना विक छन् । प्रहरीकाअनुसार उनीहरु कोरोना संक्रमित थिए । छिमेकीलाई उद्धृत गर्दै भट्टराईले भने, ‘कोरोना संक्रमित थिए । को को संक्रमित थिए भन्ने चाहिँ खुलेको छैन ।’

घटनास्थलमा प्रहरी पुगिसकेको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *