विश्वविद्यालयका प्रमाणपत्रसँगै सपना जलाएकी अफगानी महिलाको कथा

काबुल विश्वविद्यालयमा विद्यार्थीहरू एउटा नयाँ कार्यका लागि तयार हुनुपर्ने थियो । त्यसको सट्टामा उनिहरू आफ्नो पहिले बाचेको जीवनबारे रहेको प्रमाण नष्ट गर्न व्यस्त छन्‚ किनभने तालिबानहरू सडक र गल्लीहरूमा गस्ती गरिरहेका छन् ।

एक विद्यार्थीका लागि एक महिला र सताइएका हजाराका अल्पसंख्यक एक सदस्य‚ जसले अहिलेकै वर्षमा तालिबानको हातबाट अपहरणमा परी मृत्युको सामना गरिरहेका छन् । बाहिरका पुरुषहरूलाई झन् धेरै जोखिम छ । उनले बिबिसीलाई बताउछिन्- ‘आजकाल मैले देखेको सपना पूरा गर्ने चाहानालाई परिवर्तन गरिसकेकी छु । मलाई अहिले अफगानिस्तानमा भईरहेको गतिबिधिबाट कसरी फुत्किने र भविष्यमा के गर्ने भन्ने डरमात्र छ ।’

यो त्यस्तो कुरा हो‚ जसलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । म इमान्दारिताको साथ यो भन्दैछु कि मैले देखेका सबै सपना र त्यसको प्राप्तिका लागि गरेको काम र मेहेनत सबै खतरामा परेको छ । मेरो गरीमा, मेरो गर्व, मेरो अस्तित्व सबै धरापमा परेको छ ।

तालिबानहरू घरघरमा आएर त्यहाँबाट छोरी मान्छेलाई उठाएर लैजान्छन् भनेर शायदै कसैलाई थाहा होला । तीमध्ये कतिलाई त उनीहरूले बलात्कार गर्दाहुन् । यदि उनिहरू मेरो घरमा आए भने म आत्महत्या गर्छु । यही कुरा मैले साथीहरूसँग गर्ने गरेकी छु । यो हामी र हाम्रो अबको योजना हो । उनीहरूको हातमा पर्नुभन्दा आफैँ देह त्याग गर्नु उचित हो भन्ने लागेको छ । यो अत्यासको घडीमा हामी सबैजना डराएका छौँ । दुई महिनाअघिसम्म म आफ्नो डिग्रीमा मात्र केन्द्रित थिएँ । आउँदै गरेको सेमेस्टर कसरी पढ्ने, के गर्ने‚ के नगर्ने भन्दै तालिका बनाउने, सबै कुरालाई सही बनाउने कोसिसमा थिएँ । योजनाहरू एकपछि अर्को गर्दै बनाउँदै थिएँ ।

Taliban fighters are seen on the back of a vehicle in Kabul, Afghanistan, 16 August 2021

विभिन्न व्यक्तिहरू तालिबानले प्रदेश कब्जा गर्छन् भनेर डराइरहेका थिए । तर‚ कसैले काबुल कब्जा गर्छन् भन्नेबारे सोचेकै थिएन । ‘मजार-ए-शरिफ’सम्म तालिबान नआईपुग्दासम्म मेरो जीवन सामान्य थियो । तर‚ जब तालिबानले ‘मजार-ए-शरिफ’ कब्जा गरे‚ त्यसपछि मलाई ‘अब हामी सिद्धियौँ भन्ने महसुस हुन थाल्यो । त्यसपछि उनिहरूले काबुल कब्जा गरे । त्यसपछि शहरमा बन्दुक र गोलीको आवाज सुनिरह्यौँ । अनि उनिहरू बिस्तारै मेरो छिमेकीसम्म आइपुगे । त्यसपछि केही पनि सामान्य रहेन । हामी परिवारका सबै सदस्यहरू घरमै बस्यौँ । सबै पसलहरू बन्द भए । एक घण्टामा नै चर्को मूल्यवृद्धि भयो । विनिमयदर तीव्र गतिमा घटबढ हुन थाल्यो । मैले आफ्नो विश्वविद्यालयको कागजपत्र र डकुमेन्ट सबै जलाइदिएँ ।

मैले घरकै कौशीमा नोट, सर्टिर्फिकेटलगायत प्राप्त गरेको सबै चिज जलाइदिएँ‚ अझ भनौँ जलाउनुपर्‍यो । मसँग धेरै किताबहरू छन् । आफूले पढेका ती सबै किताबको माया लागेर लुकाएर राखेकी छु । तालिबानहरूले जुनसुकै बेला पनि छापा मार्न सक्छन् भन्ने कुरामा म आश्वस्त छु । मैले चलाउने गरेको सामाजिक सञ्जाल सबै डियाक्टिभेट गरेँ । मलाई सामाजिक सञ्जालमा गरिएको पोस्ट र सामाजिक सञ्जाल नै अब तिम्रा लागि सबैभन्दा खतरापूर्ण सावित हुनसक्छ भनिएको थियो ।

Mapping the advance of the Taliban in Afghanistan - BBC News

तालिबानहरुले सामाजिक सञ्जालमा सेयर भएका पोस्टको माध्यमबाट उनीहरूले कब्जा गरिसकेका क्षेत्रका केटीहरू खोजिरहेका थिए । मेरा लागि फेसबुक सबैभन्दा ठूलो समस्या बन्ने लगभग पक्का थियो‚ किनभने म फेसबुकमा याक्टिभ थिएँ । मेरा पुराना पोस्टहरूमा तालिबानले केही गर्न सक्दैनन् भन्ने सोचेर म उनिहरुकै पक्षमा उभिएकी थिए । तालिबानले मेरो मौलिक अधिकार र शिक्षालाई रोक्न सक्दैनन्, उनीहरूले मलाई घरमा थुनेर राख्न सक्दैनन् भन्नेजस्ता पोस्टहरू गरेको थिएँ । फेसबुकमै मैले उनिहरुलाई आतंकवादीको संज्ञा दिएको थिएँ । यी र यस्तै पोस्टहरू तालिबानको नजरमा पर्ने करिब पक्का थियो । नभन्दै पोस्ट गरेको केही दिनभित्रै उनीहरूले मलाई डर देखाउन थाले‚ त्यसले मलाई झन् भयभित बनायो ।

त्यसको केही समयपछि तालिबानहरूले परपम्परागत लुगा लगाउनुपर्ने घोषणा गर्दै ‘हिजाब’लाई अनिवार्य गरे । केही ठाउँका विश्वविद्यालयमा तालिबानले कक्षाकोठामा केटा र केटीको बिचमा पर्दा राखिदिएको समेत सुनेँ । केही परिवारले छोरीहरुलाई विद्यालय पठाउनै छाडे‚ किनभने सबैलाई थाहा थियो‚ तालिबानहरूले अहिलेसम्म आफ्नो असली रुप देखाएकै थिएनन् भन्ने । तर‚ एकदिन अवश्य देखाउँछन् भन्ने थाहा थियो ।

मैले तालिबानको एउटा प्रेस कन्फ्रेन्स हेरेकी थिएँ । त्यसमा उनीहरूले महिला अधिकार सुनिश्चित गर्ने वाचा गरेका छन्‚ यो वाचा सुन्दै गर्दा यी सबै कुराहरू देखावटी र झुठ हुन् भन्ने मलाई राम्रोसँग थाहा थियो । ‘तालिबानको पत्रकार सम्मेलनको महत्वपूर्ण क्षण हेर्नुहोस्’ भन्ने खालका मिडियाका क्याप्सनहरू जताततै देखिन्थे । मङ्गलबारको दिन थियो‚ म बुबासँग बाहिर निस्किएकी थिएँ । केही औषधिहरू पनि किन्नुपर्ने थियो । सबै बजार बन्द थियो । मैले पूरै शरिर ढाकिने गरी ‘हिजाब’ लगाएकी थिएँ । तर‚ बाहिर त १३, १४ वर्षका साना नानीहरूसमेत बुर्का लगाएर हिँडिरहेका रहेछन् । अब भने पहिलेजस्तो केही पनि थिएन । शहर त मृतप्रायः बनेको थियो ।

Burqa clad women walk past a billboard put up on the wall of a beauty salon in Kabul on August 7, 2021

तालिबानहरू बजार वरिपरी बन्दुक समाएर चक्कर काटिरहेका थिए । उनीहरूले ‘हिजाब’ लगाउने महिलाहरूलाई असामान्य, फाल्तु वस्तु र दास जसरी हेरिरहेका थिए ।

यो समयभन्दा अघि म कतै पढिरहेकी थिएँ र‚ नयाँ नयाँ सपनाहरू बुनिरहेकी थिएँ । लक्ष्य र योजनाहरू बनाइरहेकी थिएँ । अब सोच्दैछु- शायद मैले ‘हजारा’ भएकै कारण आफ्नो देश छाड्नुपर्नेछ । हजारा केटीहरू भएकै कारण तालिबानीहरूले विभिन्न विद्यालयमा आक्रमण गरिहेका छन्‚ कतिलाई त मारिसकेका छन् ।

मलाई थाहा छ‚ अब हामीलाई पनि मार्छन्, बलात्कार गर्छन् । केटी भएकै कारण अब मेरा लागि मेरै देशमा कुनै ठाउँ खाली छैन । मेरो परिवारका सबै सदस्य त्राही त्राही बनेका छन् । तालिबानले अनेक कानूनी र गैरकानूनी उपाय लगाएर हामीलाई उनीहरूसँगै लैजान खोजिरहेको छ । विमानस्थल मान्छेको भीडले भरिभराउ छ । एयरपोर्ट खाली गर्नका लागि कुनै ठाउँ खाली छैन । अरू देशले पनि हामीलाई लैजान मानिरहेका छैनन् । यति हुँदा पनि सबैजना केही नभएझैँ टुलुटुलु हेरेर बस्नुको कुनै विकल्प छैन ।

मुख्य कुरा त म तालिबानहरूलाई अफगानिस्तानको सरकारको रुपमा मान्यता नदिन विदेशी मुलुकको सरकारलाई अनुरोध गर्छु । यदि त्यसो भएमा हामी सबै या मर्नेछौँ‚ या त मृत्युभन्दा भयानक जीवन बाच्न बाध्य हुनेछौँ‚ कसैलाई थाहा छैन । सबैभन्दा भयभित त म मेरो शहरलाई हेर्दा हुन्छु ।

मैले मन मुटुदेखि माया गरेको शहर उनीहरूले कब्जा गरे । पीडा त त्यतिबेला हुन्छ‚ जतिबेला यो महसुस गरिन्छ कि हामीमाथि यत्रो बज्रपात पर्दा पनि सारा विश्व चुप छ‚ सबैजना मौन छन् ।

कसैले हाम्रो वास्ता गर्दैन । उनीहरू अफगानहरू त मानव नै होइन भनेझैँ गरिहेका छन् ।

यसले मेरो मुटु कुडिँएको छ । एउटा नारा छ‚ ‘सबैका लागि मानवता’‚ यो नाराको अगाडि ‘अफगानी बाहेक’ भनेर थप्दा बल्ल नाराले सार्थकता पाउला । यो बिन्दुमा पुग्नुपर्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ । मैले आजसम्म बुनेका सपना पानीको फोका झैँ क्षणभरमै फुटर गयो ।

-बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *