त्रिविका अधिकांश क्याम्पस आफ्नो खर्च पनि धान्दैनन्, यी हुन् कमाउने क्याम्पस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६१ मध्ये ५५ वटा आंगिक क्याम्पसले आफ्नो खर्च आफैंले धान्न सकेका छैनन् ।

नेपाल कमर्श क्याम्पस मिनभवन, पोखरा चिकित्सा क्याम्पस, जनप्रशासन क्याम्पस, नेपाल ल क्याम्पस, पृथ्वीनारायण क्याम्पस र शंकरदेव गरी ६ क्याम्पसले मात्रै आन्तरिक आयबाट आफ्नो खर्च धानेका छन् । यी क्याम्पसको कुल आय १ अर्ब ११ करोड २१ लाख रुपैयाँ छ । यो विश्वविद्यालयको कुल आयको २० प्रतिशत हो ।

त्रिविका आंगिक क्याम्पसमध्ये आफ्नो खर्चको २५ प्रतिशतभन्दा कम आम्दानी गर्ने क्याम्पसको संख्या ३३ रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । त्यस्तै, १४ वटा क्याम्पसले खर्चको १० प्रतिशतभन्दा कम मात्रा आम्दानी गर्ने गरेका छन् ।

थप आयस्रोतको खोजी नगर्ने, भएको आयस्रोतको समेत बेवास्ता र लापरवाही गर्ने, विद्यार्थी शुल्क लामो समयदेखि नबढेको, विद्यार्थी संख्याको तुलनामा शिक्षक तथा कर्मचारीको संख्या नघटेकोलगायत कारणले त्रिविका ५५ क्याम्पसले आफ्नो खर्च धान्न नसकेको महालेखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *