जुम्लाका स्थानीय तहमध्ये सिञ्जा र तिलाको बढी बेरुजु

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात् १२ करोड ६४ लाख २४ हजार रुपैयाँ बेरुजु रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सिञ्जापछि तिलाको बेरुजु रकम बढी छ । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात् ११ करोड ७५ लाख ६९ हजार रुपैयाँ छ ।

यस्तै चन्दननाथ नगरपालिकाको ६ प्रतिशत अर्थात् पाँच करोड ६६ लाख ८९ हजार रुपैयाँ छ । कनकासुन्दरी गाउँपालिकाको ५.०१ प्रतिशत अर्थात् तीन करोड ३८ लाख १२ हजार रुपैयाँ, पातारासी गाउँपालिकाको ४.९८ प्रतिशत अर्थात् तीन करोड ४८ लाख पाँच हजार रुपैयाँ बेरुजु देखिएको छ ।

हिमा गाउँपालिकाको १.३१ प्रतिशत अर्थात् ८४ लाख ४३ हजार, गुठीचौर गाउँपालिकाको शून्य दशमलव ८२ प्रतिशत अर्थात् ४५ लाख ४९ हजार र तातोपानी गाउँपालिकाको शून्य दशमलव ७३ प्रतिशत अर्थात् ४६ लाख ८५ हजार रुपैयाँ बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकाको ६७ करोड ५३ लाख ४६ हजार, गुठीचौरको ५५ करोड ४८ लाख १० हजार, तातोपानीको ६३ करोड ९३ लाख आठ हजार रकम लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै तिला गाउँपालिकाको ८४ करोड ५३ लाख ७८ हजार रुपैयाँ, पातारासीको ६९ करोड ८३ लाख १८ हजार रुपैयाँ, सिञ्जाको ६६ करोड ४४ लाख ३९ हजार रुपैयाँ, हिमाको ६४ करोड ४९ लाख तीन हजार रुपैयाँ र चन्दननाथ नगरपालिकाको ९४ करोड ५५ लाख ५३ हजार रकम लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =