सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ ।

तेजाबी सुनको मूल्यसमेत ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदी १५ रुपैयाँले घटेर एक हजार १८५ रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =