पूर्वमाओवादी नेताको वाणीः

‘अब एमाले चम्केर आउँछ’

काठमाडौं । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले अब एमाले चम्केर आउने दाबी गरेका छन् । शुक्रबार (आज) प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै नेता रायमाझीले यस्तो दाबी गरेका हुन् । ‘अब एमाले चम्केर आउँछ,’ नेता रायमाझीले भने, ‘शक्तिशाली बनेर आउँछ । अरु पार्टीहरु उँधो लाग्दै जान्छन् ।’

यस्तै नेता रायमाझीले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको कदमले लोकतन्त्र कमजोर भएको जिकिर गरेका छन् । ‘चलिरहेको संसद् स्थगित गरेर जुन खालको अध्यादेश आयो त्यसले लोकतन्त्रलाई कमजोर बनायो,’ नेता रायमाझीले भने, ‘एमाले फुटाउनैको लागि यस्तो गरियो ।’

प्रतिक्रिया

One thought on “‘अब एमाले चम्केर आउँछ’

  1. खाते गल्लीको कुकुर अब धेरै नभुकेको राम्रो। चोक्टा खानु गएको बुढी झोलमा डुबेर मरी😆🙄😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *