नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंकमार्फत लेर्टस अफ क्रेडिट डकुमेन्ट अगेन्स्ट पेमेन्ट, लोकल बैंक ग्यारेन्टी आदि सुविधाहरू उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरूले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौतापश्चात् दुइ बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह-वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाहले भने, ‘नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरूलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ ।’

नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउँदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्टलगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरू मुक्तिनाथ विकास बैंकका शाखाहरूबाट नै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैंकिङ्ग सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *