महेश बस्नेत भन्छन्ः

‘लिच्छविकालपछि ओलीको समय स्वर्णयुग’

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले विकासको हिसाबले लिच्छविकालपछि केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वकाल स्वर्णयुग भएको दाबी गरेका छन् । बिहीबार (आज) भक्तपुरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता बस्नेतले यस्तो बताएका हुन् । ‘उहाँ (ओली) ले भक्तपुरको विकासका लागि ४ वर्षमा २० अर्बको बजेट पठाउनुभयो,’ नेता बस्नेतले भने, ‘द्रुत गतिमा काम भइरहेको छ । भूकम्पपछि पुनर्निर्माण सकिएको । लिच्छविकालपछि यही काल स्वर्णयुग बनेको छ ।’

यस्तै नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई ओलीले बनाएको सभामुख भन्दै सांसदलाई कारबाही गरेको सूचना छिटो निकाल्न आग्रह गरे । जनता समाजवादी पार्टीले सरिता गिरीलाई कारबाहीका लागि सूचना निकाल्दा १२ घण्टाभित्र सूचना निकालेको, माओवादी केन्द्रका टोपबहादुर रायमाझीलगायतका सांसदहरुलाई कारबाही गर्दा २४ घण्टामा सूचना निकालेको बताउँदै नेता बस्नेतले एमालेको सन्दर्भमा पनि यस्तै गर्न आग्रह गरेका हुन् ।

नेता बस्नेतले एमालेका १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न चेतावनीसमेत दिएका छन् । यसअघि प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरुले सभामुख सापकोटालाई भेटेका थिए । किन ढिलो ? भन्ने प्रश्नको जवाफमा सभामुख सापकोटाले ‘चाँडै टुङ्ग्याउँछु’ भनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *